नवलपरासीमा गाउँपालिका अध्यक्षले प्र.अ. माथि दुर्ब्याबहार गरेको आरोप

Posted on: 14 Jun, 2018

जेठ ३१, नवलपरासी | पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दिपक गुप्ताले प्रधानाध्यापक माथि दुव्र्यवहार गरेकोभन्दै  वडा नं. ३ स्थित सिदार्थ माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले विरोध जनाएका छन् । 

उनिहरुले बुधबार गाउँपालिकामा विरोध जनाउदै गाउँपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, शिक्षक महासंघ नवलपरासी, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयमा ज्ञापनपत्र बुझाउदै विरोध जनाएका हुन् । विद्यार्थी तथा शिक्षकहरुले आज पढाई नै हडताल गरी कुश्मास्थित विद्यालयदेखि बेलाशपुरस्थित गाउँपालिकाको कार्यालयबाट विरोध र्याली शुरु गरेका हुन् । गाउँपालिकामा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदपुर्तिमा कुरा नमिल्दा गाउँपालिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायविच विवाद भएको स्रोतले जनाएको छ ।


विद्यालयमा रिक्त रहेको दुईजना प्राथमिक तहको शिक्षक पदपुर्तिका लागि पुष महिनामा विज्ञापन भएको थियो । तर गाउँपालिकाले विद्यालय व्यवस्थापन समिति विघटन गर्ने निर्णय गरेकाले शिक्षक नियुक्तिमा ढिलाई भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीका अनुसार उच्च आदालतले उक्त मुद्दामा स्टे अर्डरको निर्णय गरेको र हाल पुरानै व्यवस्थापन समितिले  काम गरिरहेकाले गाउँपालिकाको समन्वयमा शिक्षक नियुक्ति गर्ने प्रक्रिया अगाडी बढाएको जानकारी दिनुभयो । गाउँपालिकाकै रोहबरमा सोमबार शिक्षक नियुक्ती भएपछि प्रधानाध्यापक लेखनाथ उपाध्याय परासी तर्फ आउने क्रममा गाउँपालिका अध्यक्ष गुप्ताले आफ्नो घर बेलासपुर बोलाएर शिक्षक नियुक्तीमा घुस खाएकोभन्दै अपशब्द प्रयोग गरेको र पीट्ने समेत धम्की दिएको प्रधानाध्यापक उपाध्यायले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष गुप्ताले प्राधनाध्यापकले शिक्षक नियुक्तीमा सातलाख घुस खाएको आरोप लगाएका थिए ।


गाउँपालिका अध्यक्ष गुप्ताले प्रधानाध्यापक उपाध्याय माथी लगाएको आरोप निराधार रहेको र प्रधानाध्यापक माथी दुब्र्यवहार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो । उक्त कार्य निन्दनीय रहेको र दोशी माथी कडा कारवाही हुनुपर्ने गिरीले माग गर्नुभयो । गाउँपालिकाका स्रोत ब्यक्ति बल्लभा आचार्य गिरीले गाउँपालिकाकै समन्वयमा निश्पक्ष तरिकाले शिक्षक नियुक्ती गरिएको जानकारी दिनुभयो । नाम नबताउने सर्तमा सोही गाउँपालिकामा कार्यरत एक शिक्षकले गाउँपालिका अध्यक्षले अयोग्य ब्यक्ति नियुक्ति गर्न दबाद दिएको र विद्यालयले निश्पक्ष तरिकाले योग्य ब्यक्ति छनौट गरेकाले यो विवाद भएको जानकारी दिनुभयो । विद्यालयले जारी गरेको विज्ञप्तीमा दोशी माथी कारबाही नभएसम्म विभिन्न आन्दोलनको कार्यक्रम जारी रह्ने उल्लेख गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!