सुस्ताका किसानले भारतीय गण्डक पश्चिमी नहर भत्काए

Posted on: 03 Jul, 2018

श्याम थापा/असार १९, सुस्ता | नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ गुदरियाका किसानहरुले भारतीय गण्डक पश्चिमी नहर भत्काएका छ्न । 


आईतवार देखि लगातार परेको बर्षाले गर्दा सुस्ता गाउँपालिका वडा नं २ को करिब २०० सय बिगाहा खेतीयोग्य जग्गा डुबान परेपछि पानीको निकास नभएको कारणले स्थानीय किसानहरुले भारतीय गण्डक पश्चिमी नहर भत्काएका स्थानीय किसान कमल अमात्यले जानकारी दिनुभयो । 

पानीको निकासको लागि पटकपटक सिचाइ डिभिजन कार्यलयलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको र अहिले धान रोपाइँ गरेको सयौं बिगाहा जग्गा डुबानमा परि धानबाली नै नस्ट भएपछि बाध फुटाउनु परेको उहाँले बताउनुभयो । 

गत वर्ष पनि करिब तिनसय बिगाहामा लगाईएको धानबाली डुबेर नस्ट भएको र अहिलेसम्म क्षतिपुर्ति नपाएको किसानको आरोप छ। सुस्ता गाउँपालिका वडा नं २ का अध्यक्ष कृष्णलाल मुखियाले गाउपालिकाको तर्फबाट पनि क्षतिपुर्तिको लागि माग गरिएको तर अहिलेसम्म प्राप्त नभएको जानकारी दिनुभयो । भारतले आफ्नो जिम्मेवारी अनुसार साईफन सफा नगर्दा डुबानको समस्या भोग्नुपरेकोले किसानले आक्रोसित भएर बाध फुटाएको उहाँले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!