नवलपरासीको सुस्तामा एक बेवारिसे पुरुषको शव फेला

Posted on: 21 Jul, 2018

श्याम थापा | साउन ५, सुस्ता | नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको वार्ड न २ मा एक पुरुषको बेवारिसे शव फेला परेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिनु भएको छ । 

तराई मुलको जस्तो देखिने,अनुहारको रङ्ग कालो र अन्दाजी ३४ बर्षको एक पुरुषको सुस्ता गाउँपालिकाको २ साइफन नीर बेवारिसे अवस्था मृत  देखिपछि स्थानीयबासीहरुले ईलाका प्रहरी कार्यालय बेलाटारीलाई खबर गरि बोलाएको प्रहरी निरीक्षक केदार बस्नेतले बताउनु भयो । 

मृत हुने पुरुषको मानसिक संतुलन गुमेको र केही दिन देखि कुडिया,महलबारी,हरखपुरा लगाएतको गाउँ घरमा  माग्दै खादै हिड्ने गरेको स्थानीयहरुले देख्ने गरेको प्रहरीलाई बताए । सो बेवारिसे पुरुषको शवलाई आवश्यक चेक जाचका लागि पृथ्वी चन्द्र अस्पताल परासीमा पठाइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्नेतले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!