भारतद्वारा दुर्घटना निम्ताउने खालको बाध निर्माण गर्दै, नेपाली प्रशासन बेखबर

Posted on: 22 Jul, 2018

श्याम थापा । श्रावण ६, नवलपरासी। नवलपरासीको सुस्ता गाउँपालिका स्थित गण्डकको बिगेप बाधमा भारतद्वारा दुर्घटना निम्ताउने खालको बाध निर्माण गरिरहेको छ । तर यता नेपाली प्रशासन भने बेखबर बनेको छ ।


 सिचाइ बिभाग उत्तर प्रदेश भारतको गण्डक परियोजनाले बिगेप बाधमा आफ्नो मनमानीमा बाध निर्माण गरिरहेको र भारतले निर्माण गर्दै गरेको बाधले दुर्घटना निम्ताउने प्रबल संभावना देखिएपछि सुस्ताका स्थानीयबासीहरु चिन्तामा परेका  छन । 

जिल्लाको सुस्ता गाउँपालिकाको दक्षिण भारतको सिमाना जोडिएको मुख्य सडक मानिने गण्डकको बिगेप बाधमा भारतले दुर्घटना निम्ताउने खालको बाध निर्माण गरिरहदा अहिले सम्म नेपाल पक्षका सरोकारवाला निकायहरु सो स्थलमा नपुगेको स्थानीय देवान गुरुङ्गले बताउनु भयो ।  

सो बिगेप बाधमा भारतले बनाएको कालोपत्रे सडकको चौडाइ १० फुट मात्र भएको सडकमा झन एति खेर भारतले सोही सडकको साइड किनारमा करिब २०० सय मिटर लम्बाइमा  र २ मिटर उचाई भएको बाध निर्माण गरिरहेको छ । 

आफैमा साघुरो रहेको सडक र झन बाध निर्माण गरिदिदा सवारी साधन हिडडुल गर्न र सवारी साधनहरुले बाटो काटनलाई गाह्रो हुने र सवारी साधनहरु दुर्घटना हुने देखिएको छ । 

सो बाध निर्माण भएको बारेमा गण्डकका जुनियर इन्जिनियर सरिफ मियासंग कुराकानी गर्दा यो बिगेप बाध,एगेप बाध र नेपाल बाधको सडक गण्डक परियोजनाको लागि मात्र रहेकोले र बाधको सडक अन्य परियोजनको लागि नरहेको हुदा आफुहरुलाई अनुकूल हुने गरि सडकको छेउमा बाध निर्माण गरेको उहाँको भनाइ छ । भारत द्वारा दुर्घटना निम्ताउने खालको बाधको निर्माण कार्य तत्काल रोकि भबिष्यमा हुने दुर्घटनाबाट बचाउनका लागि स्थानीयबासीहरुले नेपाली प्रशासनलाई आग्रह गरेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!