समाज | नवलपरासी - NWL


दाईको घरमा आगो लगाएर फरार भएका एक व्यक्ति प्रहरीको नियन्त्रणमा

Posted on May 08, 2020 | views : 1790 | नवलपरासी - NWL

श्याम थापा | वैशाख २६, सुस्ता | पश्चिम् नवलपरासी सुस्ता गाउँपालिका नरसहीको श्रीरामपुरमा २ घरमा आगो लागेर घर पुर्ण रुपमा नस्ट भएको छ ।  बुधबार राती करिब ८ बजे तिर कन्हैया चमार र मुराली चमार दाजुभाइको घरायसी झगडा भई कान्छो भाई मुराली चमारले दाई कन्हैया चमारको घरमा आगो लगाई फरार भएको थियो । मुराली

Read More

पश्चिम नवलपरासीमा २०७ जनाको कोरोना रिपोर्ट नेगेटिभ

Posted on May 04, 2020 | views : 2075 | नवलपरासी - NWL

वैशाख २२, नवलपरासी । पश्चिम नवलपरासीमा कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गरिएका २०७ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश ५ मा एकाएक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रदेश ५ अन्तरगतको पश्चिम नवलपरासीमा स्वाब संकलन र परीक्षणलाई तीव्रता दिइएको छ । पश्चिम नवलपरासीबाट पीसीआर परीक्षणका लाग

Read More

नवलपरासीमा प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

Posted on April 24, 2020 | views : 3354 | नवलपरासी - NWL

वैशाख १२, नवलपरासी | प्रहरीमाथि आक्रमण गरेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रहरीले चार जनालाई आज नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका–१७ देवगावमा राहत वितरणका विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो  । झडपमा एक प्रहरी सहायक निरीक्षक घाइते भएका थिए । राहतमा विभेद गरे

Read More

नवलपरासी प्रहरीद्वारा चन्दका भतिजा नियन्त्रणमा

Posted on April 23, 2020 | views : 1499 | नवलपरासी - NWL

वैशाख ११, नवलपरासी | नेत्रविक्रम चन्दका भतिजा दिलीप चन्दलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालतबाट थुनामुक्त दिलीपलाई प्रहरीले आज पुनः नियन्त्रणमा लिएको हो ।  बन्दीप्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्

Read More

नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on April 23, 2020 | views : 26928 | नवलपरासी - NWL

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ ।  नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त

Read More

नवलपरासीका एक जना ७८ वर्षीय वृद्धलाई आरडीटि पोजेटिभ, प्रदेश ५ कै पहिलो केश

Posted on April 22, 2020 | views : 3364 | नवलपरासी - NWL

वैशाख १०, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्‍यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो । पश्चीम नवलपरासीको बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्‍यापिड टेस्ट चिसापानी

Read More

केही दिन बदलीसँगै वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

Posted on April 21, 2020 | views : 23990 | नवलपरासी - NWL

वैशाख ९, काठमाडौँ | स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू–भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान एक बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभा

Read More

पश्चिम नवलपरासीमा आगलागीबाट एक घर पुर्ण रूपमा नस्ट

Posted on April 18, 2020 | views : 1565 | नवलपरासी - NWL

श्याम थापा | वैशाख ६, सुस्ता | पश्चिम नवलपरासी सुस्ता गाउँपालिका पक्लिहवाको रामनगरमा एक घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भएको छ । गएराती करिब १२ बजे तिर एक्कासि स्लाम मियाको खरले छाएको फुसको घरमा आगो लाग्दा घर पुर्ण रूपमा नस्ट भएको रामनगर प्रहरी चौकी पक्लिहवाले जनाएको छ ।  मियाको घरमा आगो लाएर

Read More

नवलपरासीमा कुहिएको राहत चामल फिर्ता

Posted on April 11, 2020 | views : 1847 | नवलपरासी - NWL

चैत २९, परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्र्देशन दिएको छ । नगरपालिकाले राहत भन

Read More

मध्यबिन्दु ४ का अतिविपन्न परिवारलाई क्रिएटिभ युवा क्लबद्धारा राहत वितरण

Posted on April 05, 2020 | views : 2302 | नवलपरासी - NWL

चैत २३, नवलपरासी | कोभिड १९ (कोरोना) भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनबाट मध्यबिन्दु नगरपालिका ४ भित्र प्रभावित १६ परिवारलाई क्रिएटिभ युथ क्लबले राहत वितरण गरेको छ । मध्यबिन्दु ४ भित्रका अतिविपन्न परिवार छनोट गरि खाद्यान्न सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष गोपिकृष्ण चापागाईंले जानकारी दिनुभयो

Read More

नवलपरासीमा हात-हतियार सहित २ जना प्रहरीको नियन्त्रणमा

Posted on March 28, 2020 | views : 4009 | नवलपरासी - NWL

श्याम थापा | चैत १५, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दुई जना युवकलाई हातहतियार सहित ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको छ ।  विश्वभरी फैलिएको कोविड १९ कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको मौका छोपेर रातीको समय लुट्न बसेका सुस्ता ४ नर्सहीको

Read More

नवलपरासीमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु

Posted on March 27, 2020 | views : 6883 | नवलपरासी - NWL

चैत १४, नवलपरासी | नवलपरासीको मध्यविन्दु नगरपालिकामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गए राति मध्यविन्दु नगरपालिका–७ अम्रसास्थित भित्री सडकखण्डमा ना४३प २९८ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मध्यविन्दु नगरपालिका–७ चोरमारा बस्ने २८ वर्षीय भोजबहादुर महतोको मृत

Read More

कोरोनाका बिरामी आउने डरले गोपीगञ्जका औषधि पसल नै बन्द

Posted on March 26, 2020 | views : 3229 | नवलपरासी - NWL

मोहन पौडेल | चैत १३, नवलपरासी | पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ ।  मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द गरिएको

Read More

नेपालभर घरबाट बाहिर ननिस्कने आदेशको अपेक्षाकृत पालना

Posted on March 25, 2020 | views : 22773 | नवलपरासी - NWL

चैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क

Read More

सुनवलमा १०० शैयाको क्वारेन्टाइन तयार

Posted on March 25, 2020 | views : 1226 | नवलपरासी - NWL

चैत १२, नवलपरासी | पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका–११ जर्गाहामा १०० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ । कोभिड–१९ को सङ्क्रमण भएका शङ्का लागेकालाई सुरक्षित साथ राख्न सुनवल नगरपालिका र प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाको संयुक्त पहलमा क्वारेन्टाइन निर्माण गरिएको हो ।  महाविद्यालयको

Read More

नवलपरासीमा कार्यरत सहायक वन अधिकृतमाथि घुष लिएको आरोप

Posted on March 10, 2020 | views : 1804 | नवलपरासी - NWL

फागुन २७, नवलपरासी | टेण्डरको काठ उठाएबापत सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपरासीमा कार्यरत सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेलीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।  उनीहरुले नि

Read More

नवलपरासीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Posted on February 28, 2020 | views : 2034 | नवलपरासी - NWL

फागुन १६, नवलपरासी | नवलपरासीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ | जिल्लाको देवचुली नगरपालिका-१३ कैलाश चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो |   मोटरसाइकल चालक गैडाकोट नगरपालिका-१५ का २१ वर्षीय दिनेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट प

Read More

नवलपरासीमा दुई वर्षभित्र पाँच मोटरेबल पुल बन्दै

Posted on February 25, 2020 | views : 2140 | नवलपरासी - NWL

फागुन १३, परासी । प्रदेश नं ५ सरकारले दुईवर्षभित्र पश्चिम नवलपरासीका विभिन्न स्थानमा पाँचवटा ठूला मोटरेबल पुल  निर्माण गर्ने भएको छ ।  यसका लागि झण्डै आधा अर्ब बजेट विनियोजन गरिएको  प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।  रामग्राम र सुनवल नगरपालिका

Read More

पश्चिम नवलपरासीको सडक निर्माणमा ३७ करोड बजेट

Posted on January 31, 2020 | views : 2949 | नवलपरासी - NWL

माघ १७, काठमाडौं । पश्चिम नवलपरासीको सडक निर्माणमा प्रदेश ५ सरकारले ठूलो रकम विनियोजन गरेको छ ।  प्र्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयले यस आर्थिक वर्षमा नवलपरासीका विभिन्न स्थानका सडक निर्माण एवं मर्मतका लागि ३७ करोड ९५ लाख ६१ हजार रुपैयाँ विनिय

Read More

जबरजस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा

Posted on January 20, 2020 | views : 1872 | नवलपरासी - NWL

माघ ६, नवलपुर | चालीस वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ । प्राप्त उजुरीका आधारमा छैटौँ तहमा कार्यरत अहेव सुस्लिङमाथि मुद्दा चलाएको हो । अहेव सुस्लिङ फरार रहेकाल

Read More

निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु

Posted on January 07, 2020 | views : 2282 | नवलपरासी - NWL

पुष २२, नवलपुर | देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु भएको छ । गत शनिबारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि शुरु भएको हो । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रलगायत देशभरका राष

Read More

नवलपरासीको कावासोतीमा एक गैंडा मृत फेला

Posted on January 05, 2020 | views : 2527 | नवलपरासी - NWL

पुस २०, नवलपरासी | पूर्वीनवलपरासीको कावासोती १०, रतौलस्थित मोहनीलाल पन्थीको तोरीबारीमा आइतबार बिहान अन्दाजी ६/७ वर्षको एक  गैंडा मृत अवस्थामा फेला परेको छ | लामीचौर वन उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौड्यालका अनुसार गैंडा मृत्युको कारण पत्ता लाग्न  भने सकेको छैन | अहिले घटना स्थलमा प्रहर

Read More

कपिलवस्तु र नवलपुरका वडा कार्यालयमा आगजनी

Posted on December 30, 2019 | views : 2315 | नवलपरासी - NWL

पुस १४, नवलपुर | पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी गरिएको छ | आगजनी गर्ने समुहको पत्ता लागेको छैन | प्रहरीका अनुसार आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेका छन् | त्यस्तै कपि

Read More

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल (कहाँको तापक्रम कति ?)

Posted on December 27, 2019 | views : 31532 | नवलपरासी - NWL

पुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ ।  काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको

Read More

नवलपरासी एक वडाध्यक्ष घुस लिएको अभियोगमा पक्राउ

Posted on December 20, 2019 | views : 2153 | नवलपरासी - NWL

पुष ४, नवलपरासी | स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास रविन्द्रप्रसाद यादवको सहयोगमा नाता, घर/गोठ प्रमाणित तथा औषधोपचारको स

Read More

नवलपरासीमा कारको ठक्करबाट एक युवकको मृत्यु

Posted on December 13, 2019 | views : 3594 | नवलपरासी - NWL

मङ्सिर २७, परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् ।  काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्र्तगत बडेरामा उनलाई

Read More

नवलपरासीमा साढे दुई वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

Posted on November 19, 2019 | views : 2197 | नवलपरासी - NWL

मङ्सिर ३, परासी | पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् | गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार प

Read More

नवलपरासीमा माछा मार्दा करेन्ट लागेर एक युवतीको मृत्यु, एक युवक घाइते

Posted on November 13, 2019 | views : 2868 | नवलपरासी - NWL

कात्तिक २७, परासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको हो । घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा म

Read More