गँहुको बिउ र मलखादको अभाव भएपछि नवलपरासीका किसान चिन्तीत

Posted on: 20 Nov, 2016


मोहम्मद ईजहार शेष/मङ्सिर ५, नवलपरासी । गँहु छर्ने बेलामा बजारमा बिउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन । कात्र्तिक महिनाको अन्तिम हप्तादेखि मंसिर १५ गते भित्र गँहु छर्न उपयुक्त समय मानिने भएपनि अहिले नवलपरासीमा गँहुको बिउ र मलखाद अभाव भएको छ । 

गँहुको बिउ र मलखाद अभाव भएपछि उत्पादन घट्ने हो कि भनेर किसान चिन्तामा परेका छन । गाँउगाँउवाट किसानहरु अहिले बिउ र मलका लागि भन्दै सदुरमकाम परासी धाईरहेका छन । तर दिनभरी लाईन वस्दा पनि विउ र मल नपाएपछि रित्तै फर्किनुपरेको किसानको गुनासो छ । 

नवलपरासीमा जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा राष्ट्रिय विउविजन कम्पनी भैरहवाका डिलरहरु मार्फत चालिस प्रतिशत अनुदानमा गहुँको विउ र मल विक्री भईरहेको कृषि कार्यालयले जनाएको छ । कार्यालयले गत वर्षकै अनुपातमा अर्थात करिव साढे चार सय मेट्रीक टन विउ र मल आवश्यक पर्ने गरि सिफारिस गरेको भएपनि अहिले गहुँ खेति गर्ने किसानको संख्या बढेको तथा विगत वर्षमा भारतबाट विउ ल्याउने किसानले समेत अहिले नेपालकै विउ प्रयोग गर्न थालेपछि माग बढेको कार्यालयले जनाएको छ । मल विउको अभाव भन्दा पनि गहुँ खेति गर्ने किसानको संख्या बढेकाले अभाव भएको जस्तो देखिएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत योगेन्द्र यादवले बताउनुभयो ।  अहिले भारतमा ५ सय र हजारको नोट प्रतिवन्ध लागेपछि नेपाली रुपैँयाको समेत अवलम्बन भएकाले पनि नेपाली किसानहरु विउ खरिदका लागि भारत गएका छैनन । 

नवलपरासीमा कुल  १८ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा गँहु खेति गरिन्छ । उक्त क्षेत्रफलमा गरिएको गँहु खेतिमा गत वर्ष  ३५ हजार ९१ मेट्रिकटन गँहु उत्पादन गरिएको थियो भने यो वर्ष माटोमा चिस्यान राम्रो भएकाले गँहुका उत्पादनमा बृद्धि हुने कार्यालयले अनुमाान गरेको छ । तर किसानले भने समयमा मल विउ नपाए उत्पादन घट्न सक्ने बताएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!