नवलपरासीको दाउन्नेमा डिप ट्युबेल सुबिधा, किसानहरु हर्षित

Posted on: 03 Jan, 2017

मोहम्मद ईजहार शेष | पुस १९, परासी । नवलपरासीको दाउन्ने देवि गाविस वडा नम्वर २ सूर्यनगरमा डिप ट्युबेलको सुबिधा भएपछि त्याँहाका किसानहरु हर्षित भएका छन् ।

नेपाली कांग्रेसका संसदिय दलका नेता तथा नवलपरासी क्षेत्र नम्बर ५ का सांसद समेत रहनु भएका नेता बिक्रम खनालको बिशेष पहलमा सो ठाँउमा डिप ट्युबेलको ब्यवस्था भएपछि दाउन्नेदेवी गाविस वडा नम्बर २ र ३ का किसानहरु सिँचाईवाट लाभान्वीत भएका छन् । करिब ७६ लाखको लगानीमा निर्माण गरिएको उक्त टियुबेलको आज नेता खनालको प्रमुख आतिथ्य तथा सुर्यनगर डिप ट्युबेल उपभोक्ता समितिका अध्यक्ष धुर्वराज जमरकटेलको अध्यक्षतामा एक कार्यक्रम गरि उक्त डिप टिउबेलको उद्घाटन गरिएको छ । उदघाटन कार्यक्रममा बोल्दै नेता खनालले सो ठाँउका किसानको पहिलो मांग कृषिको बिकासको लागि सिँचाईको ब्यवस्था रहेकोमा अहिले उक्त मांग आंशिक रुपमा मात्र पुरा भएको र समय सापेक्ष सो क्षेत्रको बिकासका लागि आफु काम गरिरहेको बताउनु भएको थियो ।

डिप टिउबेल निर्माण भएपछि करिब १ सय ५० घरदुरी लाभान्वीत भएका छन् भने ६१ बिगहा कृषि क्षेत्र सिँचित बनेको छ । सांसद खनालको पहलमा नवलपरासीको देवगाँउ , गेर्मि , सनई , बडहरा दुबौलिया लगायतका क्षेत्र नम्बर ५ का बिभिन्न गाविसहरुमा डिप ट्युबेल निर्माण भएपछि किसानहरु हर्षित भएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!