तत्काल उखुँको मुल्य तोक्न गाउँपालिका अध्यक्ष पाण्डेद्धारा निर्देशन

Posted on: 29 Jan, 2018

श्याम थापा/माघ १५, सुस्ता । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले उखु मिलका मालिकहरुलाई तत्काल उखुँको मुल्य तोक्नको लागी निर्देशन दिनु भएको छ । 

सुस्ता गाउँपालिकाको कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राम प्रसाद पाण्डेले तत्काल उखुँको मुल्य तोक्नको लागी उखुँ मिलका मालिकहरुलाई निर्देशन गर्नु भएको हो । 

उखुँको सिजन सकिन लाग्दा पनि हाल सम्म मिल तथा सरकारले मल्य निर्धारण नगरेको भन्दै पटक पटक कृषकहरु आन्दोलित भएता पनि उखुँको मुल्य निर्धारण भएको छैन । 


साथै उखुँ कृषकहरुले आफुले जिताएका जनप्रतिनिधीहरुले तत्काल समस्याहरु समाधान गरिदिनु पर्ने भन्दै सुस्ता गाउँपालिकाको कार्यलयमा ज्ञापन पत्र पनि पेश गरेका छन । 

उखुँ मिलका मालिकहरुले किसानहरुको तत्काल समस्या सामाधान गर्नका लागी उखुँको मुल्य नतोकेमा आफुले कानुनी दायरामा ल्याए मिलहरुलाई कारर्वाही पनि गर्ने अध्यक्ष पाण्डेले बताउनु भयो । 

त्यस्तै गरे सुस्ता गाउँपालिकाका अध्यक्ष पाण्डेले बर्षेनी मदार बाबाको मेला साबिकको कुडिया गा.बि.स ले मेला लगाउदै आएको र कुडिया गाबिस हाल यति खेर सुस्ता गाउँपािलकामा पर्ने भएकोले हुदा यस बर्ष सुस्ता गाउँपालिकाले मदारबाबाको मेला लगाउने उहाँले जानकारी गराउनु भयो । 

मदारबाबा मेलामा हुने चुहावट कार्यलाई बन्द गराउने सुस्ता गाउँपालिकाको कडा कदम रहेको पनि अध्यक्ष पाण्डेले बताउनु भयो । पत्रकार सम्मेलनमा सुस्ता गाउँपालिकाका अध्यक्ष पाण्डेले नारायणी नदीमा भएको अबैधरुपमा नदि जन्य प्रदार्थ उत्खन्न कार्यलाई तत्काल रोक्नको लागी गाउँपालिका लागी रहेको पनि बताउनु भयो । 

सो पत्रकार सम्मेलनको कार्यक्रम सञ्चालन सुस्ता गाउँपालिका वडा न.२ का वडा अध्यक्ष एवम सुस्ता गाउँपालिकाको कार्यालय प्रबता किशन लाल मुखियाले गर्नु भएको थियो । 

पत्रकार आरपी उपाध्याय,श्याम थापा,प्रमोद आर्याल,आरती राना,नारायण भण्डारी,राजु पाखरेल,प्रेम चन्द्र रौनियार र सन्जित कुमार शर्माको उपस्थिती रहेको थियो ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!