प्रदेश नम्बर ४ लाई कृषीको मोडलको रुपमा आगाडि बढाउने दावि

Posted on: 21 Apr, 2018

कमला राना | वैशाख ८, नवलपुर | प्रदेश नम्बर ४ लाई कृषीको मोडलको रुपमा अगाडी ल्याउने लक्ष्यका साथ कार्य अगाडि बढाउने प्रदेश नम्बर ४ का कृषीमन्त्री लोक बहादुर थापाले दावि गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल तथा  प्रेस चौतारी नेपालको संयुक्त आयोजनामा आज कावासोतिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुदै कृषीमन्त्री लोक बहादुर थापाले ३ वर्ष भित्रमा प्रदेश नम्बर ४ लाई कृषी हवको रुपम विकास गर्दै सम्पुर्ण कृषकहरुलाई व्यवसायीकता तर्फ उन्मुख गराउने बताउनुभयो ।

यसैगरी मन्त्री थापाले आगामी ५ वर्ष भित्रमा प्रदेश नम्बर ४ लाई मासु अण्डा, दुध, माछा तथा कृषी बालिमा सम्पन्न गराउदै विदेश निर्यातको लागी सक्षम बनाउने बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै कृषी मन्त्री थापाले कृषकहरुलाई प्राङगारीक मल तर्फ उन्मुख गराउंदै विषादीमुमुक्त कृषी क्षेत्रको रुपमा घोषणा गर्ने समेत बताउनुभयो ।

मन्त्री थापाले कृषकहरुलाई आवश्य विउ विजन तथा मल समयमै उपलव्ध गराउने प्रतिवद्धता जनाउदै कृषी क्षेत्रमै भविष्य भएकोले कृषी क्षेत्रमै लगानि गरी स्वदेशमै रमाउन युवा पुस्तालाई आग्रह गर्नुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा प्रदेश नम्बर ४ का कृषी सचीव शरदचन्द्र श्रेष्ठ, माओवादी केन्द्र नवलपुरका जिल्ला इन्चार्ज किसन शर्मा गैरे, जिल्ला सह-इन्चार्ज धन प्रसाद सापकोटा लगाएतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण प्रेस सेन्टर नवलपुरका सचिव अर्जुन अविरलले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!