कांग्रेस निकट नेपाली जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा शर्माको दाबेदारी

Posted on: 19 Jul, 2018

सरु शर्मा | साउन ३, पोर्चुगल । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको नेतृत्व लिन नवलपरासीका युवा शुशिल शर्मा गैह्रेले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । समितिको पाँचौं अधिबेशन नजिकिदै गर्दा पोर्चुगलमा रहेका कांग्रेसजनहरूबीच चुनावी सरगर्मी बढेको हो । समितिको अधिबेशन यही जुलाई २२ तारिखका दिन राजधानी लिस्बनमा हुदैछ । 

अधिबेशन नजिकीदै गर्दा आगामी नेतृत्वलाई लिएर काँग्रेसजनमा चुनावी चर्चा र भेटघाटले तिब्रता पाएको छ । सोही क्रममा नवलपरासीका शुशिल सभापति पदका लागि अग्रपंक्तिमा देखिएका छन् । आफू दुई पटक लगातार समितिको उपसभापति भएर सेवा गरेकोले अनुभ र पोर्चुगलमा रहेका कांग्रेसजनहरुको समर्थनका कारण पनि आफू नेतृत्वमा आकांक्षी बनेको उनले बताए । सभापतिमा आफूलाई चुन्ने उनले विश्वास गरेका छन् । सानै देखि कांग्रेसमा आवद्ध शुशिल पुर्व विद्यार्थी नेता पनि हुन् । २०५० देखि नै नवलपरासी मा बस्दै आएका उनी  युवा पुस्ता का लागि  उर्जा समेत हुन ।

युवा ले नै समाज लाई अगाडि  लैजानु पर्छ भन्ने मान्नेता बोकेका सुशील निस्वार्थ  भाब ले पार्टी मा लाग्दै आएका छन । समितिमा आवद्ध अधिकांश सदस्यको रोजाईमा पनि शुशिल देखिएका छन् । चुनाव भन्दा सहमति गरेर शुशिललाई नै नेतृत्व दिनुपर्ने माग पनि उठिरहेको बुझिएको छ । पोर्तुगल मा रहेका नेपाली लाई दुख पर्दा हरेक तवर बाट  साथ दिन पनि सुशील पछि पर्दैनन । तेसैले पनि अहिले को चुनाब मा  उहाँ चुनिनु पर्छ भन्ने धेरै नेपाली को माग रहेको छ 

बिगतमा सहमतीमै नेतृत्व चयन हुदै आएको समितिमा यसपटक भने चुनाव हुने संभावना देखिएको छ । तथापी सर्वसम्मतीको प्रयास भने जारी रहेको बताइएको छ ।  यता निर्बाचन समितिले तय गरेको निर्बाचन कार्यतालिका अनुसार निर्बाचनका कार्यक्रम अघि बढिरेहेको निर्बाचन समितिका संयोजक अशोकचन्द्र घिमिरेले जानकारी दिए । प्राप्त जानकारी अनुसार सभापति सहितका पदाधिकारी र कार्यसमिति सदस्य गरि कुल १७ पदका लागि ३३ जनाको उम्मेदवारी परेको छ । आउंदो शनिबार नै नयां कार्यसमितिका लागि निर्बाचन हुनेछ । अधिबेशनले आगामाी २ बर्षे कार्यकालका लागि २१ सदस्यीय नयां कार्यसमिति चयन गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!