रामनगर गाविसको आर्थिक बर्ष ०७४/७५ को निति तथा कार्यक्रमको सार्वजनिक

Posted on: 12 Jan, 2017

रामु भुषालपुस २८, बर्दघाट । रामनगर गाविसको आर्थिक बर्ष २०७४,७५ को निति तथा कार्यक्रमको सार्वजनिकिकरण तथा गाउँ परिषद आज रामनगर गाविसको कार्यालयमा सम्पन्न भएको छ । 

गाविस सचिव एवं अध्यक्ष शिव ला भण्डारीको अध्यक्षता, निर्वतमान गाविस अध्यक्ष कृष्ण प्रसाद बगालेको प्रमुख आतिथ्यतामा सम्पन्न गाउँ परिषदमा गाविसले पुजीगत तथा निर्माण तर्फ १ करोड ६९ लाख ४१ हजार ७ सय ५०, समाजिक सुरक्षातर्फ २ लाख २० हजार गरी ४ करोड ४० लाख ८९ हजार बराबरको २०७४,७५ को अनुमानित आयब्यय विवरण प्रस्तुत गरिएको थियो । परिषदमा निर्माण कार्य विद्यालय, स्वास्थय लगाएतलाई विशेष योजनामा राखिएको जनाइएको छ । 

३७ योजनालाई जिल्ला वकास समितिमा योजना पेश गर्ने र १५ वटा ठुला योजनालाई केन्द्रमा योजना पठाउने निर्णय गर्दै परिषद सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा नागरिक वडा मञ्चका तर्फदेखी वडा नम्बर ५ का संयोजक कुल बहादुर राना, राजनितिक दलका तर्फदेखी नेकपा एमालेका नारायण तिवारी, नेपाली का.ग्रेसका राम बहादुर क्षेत्री, निर्वतमान गाविस उपाध्यक्ष मान बहादुर राना लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन गाविसका प्राविधिक बन्धुराज पौडेलले गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!