नवलपरासीमा आगो लागेर एक घर नष्ट (तस्बिरसहित)

Posted on: 14 Dec, 2017

श्याम थापा/मङ्सिर २८, नवलपरासी । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको वडा न.५ पकलिहवा स्थित रामनगरमा आगो लगेर एक घर पुर्णरुपमा नष्ट भएको छ । 

सुस्ता गाउँपालिका वडा न.५ पकलिहवा स्थित रामनगर बस्ने जगंली बरईको घरमा आगो लागेको हो । राती गोठमा गाई बस्तुहरुलाई धुवा लगाउन भनेर बालेको आगोले गोठमा आगो लाग्न सुरु भएको हो । 


आगो लगेपछि स्थानियबासीहरुले आगोलाई नियन्त्रण लिदा लिदा गोठ पुर्ण रुपमा जलेर नष्ट भएको थियो । त्यही आगोले बरईको अर्को घरमा पनि सुरु भएको थियो । आगोलाई नियन्त्रण लिन स्थानियले प्रहरी चौकी रामनगरलाई खबर गरेपछि रामनगर प्रहरी चौकीका प्रहरी जवान र स्थानियबासीको प्रयासमा आगोलाई नियन्त्रणमा लिएको स्थानियबासी रुदल लोनियाले बताउनु भयो । 

आगो लागेर जगंली बरईको एक घर पुर्ण रुपले नष्ट भएको र लताकपडा,खाद्धन्न सामग्री,बिधुतिय सामग्रीहरु जलेर नष्ट भएको छ । मानविय क्षति नभएपनि १ वटा गाई मरेको बरईले बताउनु भयो । 

आगो लागेर करिब ३ लाख बराबरको क्षति भएको प्रहरी चौकी रामनगरका ईन्चार्ज रामसेवक यादवले जानकारी दिनु भएको छ  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!