बहुउद्देश्यीयको १६औँ बार्षिक साधारण सभा सम्पन्न

Posted on: 04 Jan, 2018

श्याम थापा/पुस २०, सुस्ता । नवलपरासी जिल्ला सुस्ता गाउँपालिका वार्ड न १ अन्तर्गत रुपौलियाको रुपौलियामा रहेको रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा तथा ६ औ निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष हरिकला गिरिको अध्यक्षयता र सुस्ता गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष अशोक कुमार चौधरीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक इन्दिरा उपाध्यायले आ ब ०७३/०७४ मा रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रुपौलियाले २ करोड ७१ लाख ७२ हजार ३ सय ७२ रुपैया बराबरको कारोबार गरेको आर्थिक प्रतिबेदनमा प्रस्तुत गर्नु भएको थियो ।

बिस २०५९ सालमा स्थापना भएको रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रुपौलियामा महिला ८ सय ६१ जना मात्र रहेको छ । संस्थाले ७ लाख ९१ हजार बराबरको शुद्ध नाफा कमाएको संस्थाका लेखा समितिका संयोजक मन्जु पन्जियारले बताउनु भयो । 

सस्थाका संचालक समितिका सदस्य नारायणी ढकालको संचालनमा भएको कार्यक्रममा संस्थाका सदस्य सबिता पन्जियार, संस्थाका शेयर सदस्य सरस्वती न्यौपाने,सुस्ता गाउँपालिका वार्ड न १ स्वास्थ कार्यालय प्रमुख अशोक कुमार पाण्डे,रेडियो परासीका श्याम थापा लगायतले सहकारी बिकासको अवधारणा अनुसार मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!