एसइइ पुरक परीक्षा सकियो

Posted on: 18 Aug, 2018

कमला राना मगर | भदौ ३, नवलपुर | एसइइ पुरक परीक्षा आजबाट सकीएको छ । यही श्रावण २३ गतेबाट शुरु भएको एसइइ परीक्षा आज सम्पन्न भएको हो । २०७४ सालमा सहभागि भइ सि वा सि भन्दा कम ग्रेडमा परीक्षा उतिर्ण गर्ने विद्याथीहरु पुरक परीक्षामा सहभागि भएका थिए ।

नवलपुर जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइ स्थापना भएपछि सो इकाइ मार्फत परीक्षा सचालन गरीएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्ण चन्द्र पोख्रेलले जानकारी दिनुभएको छ ।

नवलपुर जिल्लामा शिव माध्यमीक विद्यालय र ज्ञानोदय माध्यमिक गरी २ वटा परीक्षा केन्द्र तोकीएको थियो ।

नवलपुर जिल्लामा पुरक परीक्षामा विभिन्न विषयमा शिव माध्यमिक विद्यलयबाट ५ सय ९३ जना र ज्ञानोदय माध्यमिक विद्यालयबाट ४ सय ५ जना गरी जिल्ला भरीबाट ९ सय ९८ जनाले परीक्षा फारम भरेका थिए । जसमा सबैभन्दा बढि गणीत विषयमा ९ सय ४५ जनाले परीक्षा फारम भरेका थिए ।

हल सम्म परीक्षा फारम भरेका विद्यार्थीहरु शत प्रतिशत परीक्षामा सहभागि भएको र शान्त  र मर्यादित ढंगले परीक्षा सम्पन्न भएको प्रमुख पोख्रेलले जानकारी दिनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!