‘छोरी भन्दा आमा तरुनी’का गायक कुमार बस्नेतलाई कालिका ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’

Posted on: 23 Oct, 2016


कात्तिक, काठमाडौं । नेपाली लोक गायक क्षेत्रका चर्चित गायक कुमार बस्नेतलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ प्रदान गरीएको छ । 

मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ.एम प्रा.लिको १४ औँ तथा टि.भी कालिकाको तेस्रो वाषिर्कोत्सवको अवसरमा आयोजीत ‘१२ औं एमाहा कालिका एफ.एम. म्युजीक अवार्ड २०७३’ को अवसरमा गायक कुमार बस्नेतलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ प्रदान गरीएको हो ।

गायक बस्नेतले गाएका गीत अधिकांश दर्शक तथा स्रोता माझ लोकप्रिय छन् । उनले गाएका गीत मध्ये ‘छोरी भन्दा आमा तरुनी’ र ‘हेर्दा राम्रो माछा पुच्छ्रे’ बोलको लोकगीत अझ चर्चित छ ।

विभिन्न २६ विधामा म्युजिक अवार्ड प्रदान कार्यक्रम यतिखेर नारायाणगढको नारायाणी कला मन्दिरमा भइरहेको छ । अवार्ड कार्यक्रमका लागी राष्ट्रियस्तरका थुप्रै कलाकारहरु यतिखेर अवार्ड कार्यक्रममा रहेका छन् । बिहान ११ बजेबाट सुरु भएको सो वितरण समारोहको कालिका एफ ९५.२ , टि.भी कालिका र हिमालयन टेलीभिजन बाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!