रुकमानको ‘तिमीलाई म के के भनुँ’ सार्बजनिक (भिडियो)

Posted on: 12 Dec, 2016


मंसिर, काठमाडौं । गायक रुकमान लिम्बूले आफ्नो दोश्रो एल्बममा समाबेस एक गीत ‘तिमीलाई म के के भनुँ’ सार्बजनिक गरेका छन् । जसमा गायक डम्बर नेपालीको शब्द,संगीत , मोहित मुनालको एरेन्ज र गायक लिम्बूको स्वर सुन्न सकिन्छ  ।

भिडियोमा गायक रुकमानसँग रेशु तामाङ र बुद्ध थापाको पनि अभिनय गरेका छन् । विशाल भण्डारीले निर्देशन गरेको भिडीयो निकै आकर्षक बनेको छ । रोमान्टीक शैलीमा तयार पारिएको भिडीयोमा अर्जुन तिवारी एण्ड टिमको छायांकन र निशान घिमिरेले सम्पादन रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!