नवलपरासीको नवलपुर महोत्सवमा आज बद्री पंगेनीले स्टेज तताउँदै

Posted on: 14 Oct, 2017

असोज २८, काठमाडौं । नवलपरासीको कावासोतीमा जारी नवलपुर महोत्सव आज नवौं दिन पनि भब्यताका साथ सञ्चालन भइरहेको छ । 


आज (शनिबार) चर्चित गायक बद्री पंगेनीले स्टेज तताउने भएका छन् । बिशेषतः दर्शक रुवाउने र हसाउने दुबै प्रस्तुती दिएर दर्शकको मन जित्ने गरेका बद्री पंगेनीले नवलपुर महोत्सवमा उपस्थित दर्शकलाई अहिले केहिबेरमा आफ्नो प्रस्तुती दिनेछन् । बद्रीको साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

साथै भोली (आईतबार) अभिनेता राजेश हमालको बिशेष प्रस्तुती रहने जानकारी दिइएको छ । साथै गायिका राधिका हमालले पनि आफ्नो सांगितिक प्रस्तुती दिनेछिन् । साथै स्थानिय हाँस्य कलाकार नवराज अधिकारी (हरेराम हरेकृष्ण) र ढाकाराम पौडेलको हाँस्यब्यंग्य प्रस्तुती हेर्न पाइनेछ । महोत्सवको नवौंदिन सम्म आइपुग्दा चर्चित गायक राजुपरियार, सुनिल गिरी, कमल खत्री, त्यसैगरी हाँस्यकलाकार जोडी, बल्छि धुर्बे, राजु मास्टर लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिइसकेका छन् । कावासोतीको लुम्बिनी कलेज अगाडि रहेको खेलमैदानमा असोज २० गतेबाट शुरु भएको नवलपुर महोत्सव यहि असोज ३० गतेसम्म चल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!