कांग्रेस नेता कण्डेलद्धारा ५० जना महिलालाई पोषाक वितरण

Posted on: 13 Jan, 2017


पुस २९, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले एक आमा समुहलाई पोषाक वितरण गरेका छन् । 

नवलपरासीको जहदा स्थित मझेरी आमा समुहका ५० जना सदस्यलाई नेता कण्डेलले पोषाक वितरण गर्नु भएको हो । आज जहदामा आयोजित पोषाक वितरण कार्यक्रममा नेता कण्डेलले समाज परिवर्तनमा महिला पुरुषको समान हक रहेको बताएका छन् । 

यस आमा समुहले यस क्षेत्रका सामाजिक कुरिती र अपराधहरुलाई न्युनिकरणमा सहयोग गर्ने अपेक्षा राखेको बताउनु भयो । आमा समुहलाई पोषाक वितरण गर्दै नेता कण्डेलले जसरी यसका सदस्य पोषाकमा झल्किनु हुनेछन् त्यस्तै यस क्षेत्रको पनि सामाजिक र संस्कृति  झल्काउनमा उहाँहरुको महत्वपुर्ण सहयोग रहने आश व्यक्त गर्नु भयो ।  

९ महिना अगाडी गठन गरिएको यस आमा समुहले बालबालिका तथा जेष्ठनागरिकलाई मनोरन्जन एवं शान्तीपुर्ण वातावरण दिनका लागि जहदामै एक पार्कको अवधारणा बोकी यसको निर्माण कार्यमा जुटेको आमा समुहका अध्यक्ष रेवती बरालले बताउनु भयो । ८ कट्टा सार्वजनिक जग्गामा पार्क निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट ७० हजार रुपिया संकलन गरि जग्गाको तारबार र वृक्षारोपण समेतको कार्य अगाडी बढि सकेको अध्यक्ष बरालले बताउनु भयो ।

आमा समुहकि अध्यक्ष रेवती बरालको अध्यक्षता तथा नेका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्यितामा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं नेपाली कांग्रेस जिल्ला सभापति विष्णु लामिछाने, नेका पुर्व उपसभापति दिप प्रसाद लोहनी, गाविस सचिव गणेश पौडेल स्थानिय समाजसेवी दिपक बराल लगायतले मन्तब्य राख्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!