नेपाली कांग्रेस नवलपरासीको कार्यसमितिले लामो समयपछि पुर्णता पायो

Posted on: 16 Feb, 2017

सरु शर्मा/फागुन ५, नवलपरासी । लामो समय देखि पुर्णता पाउन नसकेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले पुर्णता पाएको छ । 

जिल्ला कार्य समितिकिो आजको बैठकले कार्यसमितिलाई पुर्णता दिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु लामिछानेले आजको बैठकमा बाकिँ रहेका पदमा मनोनित गरी कार्यसमितिलाई पुर्णता दिनुभएको हो । 

सभापति लामिछानेले कार्यसमितिलाई पुर्णता दिनका लागि उपसभापति, सचिव र सहसचिवमा तिन जना जिल्ला सदस्यहरुलाई मनोनित गर्नु भएको जानकारी दिनु भएको छ ।

पार्टीको उपसभापतिमा अर्जुन कुमार पोख्रेल, सचिवमा बाल कृष्ण घिमिरे र सहसचिवमा शिवशंकर रायलाई मनोनित  गर्नु भएको बताउनुभयो । 

लामो समयदेखि पार्टीले बिभिन्न कारणले गर्दा कार्यसमितिलाई पुर्णता दिन सकेको थिएन तर पार्टीको आज  बसेको बैठकले सर्वसम्मत रुपमा कार्यसमितिलाई पुर्णता दिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!