नवलपरासीमा जारी महायज्ञको कोईरालाद्धारा अवलोकन

Posted on: 21 Feb, 2017

सरु शर्मा/फागुन १०, परासी । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ मा जारी श्रिराम महायज्ञ एवं संगितमय श्रिमद भागवत कथा कार्यक्रमको आज  नेपाली काँग्रेसका महामन्त्रि शशाँक कोईरालाले अवलोकन गर्नुभएको छ ।

महायज्ञको चोथौँ दिन आज महामन्त्रि कोईरालाले महायज्ञको अवलोकन गरी प्रसाद ग्रहण गर्नुभएको महायज्ञ मुल समारोह समितिका सचिव एवँम प्रबत्ता शिव शँकर रायले जानकारी दिनुभयो । ७ गते कलश यात्रा र ८ गते उद्घाटन गरी प्रारम्भ गरीएको उक्त महायज्ञमा संगितमय कथा बाचनका लागि भारतको बनारसवाट बालक दाशजी महराज कथा ब्यास शन्त हिर्दयको मुखार बिन्दवाट कथा बाचन भईरहेको छ भने राति  रासलिला पनि मन्चन गरीन्छ ।

 दैनिक विहान ७ देखि ९ र दिँउसो २ देखि ५ बजेसम्म कथा बाचन भईरहेको महायज्ञमा  कथा श्रवण गर्ने भक्तजनहरुको राम्रो उपस्थिति रहने गरेको छ भने आर्थिक सँकलन पनि भैरहेको सचिव रायले जानकारी दिनुभयो । 

महायज्ञमा हिजो रामग्राम नगरपालिका ३ का राजाराम कोहारले ६५ हजार १ सय ११ रुपैया दान गर्नुभएको छ भने पुर्ब रक्षा राज्यमन्त्रि रामबचन यादवले ५१ हजार १ सय ११ रुपैयाँ, रामग्राम १ का शँकर यादवले ५१ हजार १ सय १ रुपैयाँ, रामग्राम १२ का बिश्वनाथ रावले ५० हजार १ सय १ रुपैया, रामग्राम ६ का गौरी शँकर अग्रवालले ५१ हजार १ सय ११ रुपैँया, रामग्राम १२ का दिनेश यादवले ५० हजार १ सय १ रुपैयाँ दान गर्नुभएको आयोजक मुल समारोह समितिका सचिव शिवशँकर रायले रेडियो परासीलाई जानकारी दिनुभयो । 

महायज्ञमा ठुलो रकम दान गर्ने ६ जना दानविरलाई सम्मान गरीएको आयोजकले जनाएको छ । महायज्ञमा हिजो मात्रै ३ लाख १८ हजार ६ सय ३६ रुपैयाँ सँकलन भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!