लोपोन्मुख जातीको संरक्षण गर्न सरकारलाई नवलपरासीका जातीहरुको आग्रह

Posted on: 22 Feb, 2017


फागुन ११, नवलपरासी । लोपोन्मुख जातजातीलाई सरकारले संरक्षण गर्न लोपोन्मुख जातीहरुले आग्रह गरेको छ । 

देशको हिमाल, पहाड तराईका विभिन्न विकट क्षेत्रमा बसोबास गर्दै आएका १२ भन्दा जातजातीका लोपोन्मुख जातीहरुको सरकारले संरक्षण गर्दै तिनीहरुलाई पनि राज्यको पहुँचमा ल्याउन लोपोन्मुख जातीहरुले सरकारलाई आग्रह गरेका हुन् ।

 लोपोन्मुख जातजातीका अधिकांश व्यक्तिहरु शिक्षा र जनचेतनाको अभावकै कारण पछडिएका छन् । ति लोपोन्मुख जातजातीका व्यक्तिहरुको सरकारले शैक्षिक, स्वास्थय, सामाजिक, राजनिति क्षेत्रमा पहुँच पु¥याउन विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम माग गरेका छन् । खास गरि लोपोमुख्य जातजातीमा राउटे, मुसहर, डोम, बाँसफोर, पथ्थरकट्टा, कुसवडिया लगायतका जातजातीहरु पर्ने गर्दछन् ।

नवलपरासीको रामग्राम नगरपालिकामा राउटे उत्थान प्रतिष्ठान नेपालद्धारा आयोजित लोपोन्मुख सीप, कला सांस्कृति संरक्षण, राज्यको दायित्व बारे जनचेतना मुलक कार्यक्रममा लोपोन्मुख जातीलाई सरकारले हेला गरेको आरोप लगाउदै लोपोन्मुख जातीको पनि राज्यको सबै सेवा सुविधामा पहुँच हुनु पर्ने भन्दै यसजाती तर्फ सरकारको विशेष ध्यान पुग्न पर्ने विचार व्यक्त गरेका थिए ।

 कार्यक्रममा राउटे उत्थान प्रतिस्ठानकी केन्द्रीय अध्यक्ष सत्यवति अधिकारी, प्रतिष्ठानकी केन्द्रिय रमा महरा, केन्द्रिय मधु पोख्रेल, केन्द्रिय सदस्य रतना बानिया, अन्तरपार्टी महिला सन्जालकी जिल्ला अध्यक्ष विमला अर्याल, नेपाली काग्रेसका सहसचिव शिवशंकर राय, नयाँ शक्तिका बुद्धन अलि, नयाँ शक्तिका विरेन्द्र ठाकुर, नयाँ शक्ति नगर संयोजक अमिरुल्लाह मिया, सहायक जिल्ला शिक्षा अधिकारी गोपाल कण्डेल, कुशवाडिया संघका अध्यक्ष राजु कुशवाडिया, लगायतले मन्तब्य राखेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!