नवलपरासीमा राष्ट्रिय जनमुक्ति पार्टीनिकट युवाहरुको भेला

Posted on: 19 Mar, 2017

रवि पाण्डे | चैत ६, नवलपरासी | राष्ट्रिय जनमुक्ति पार्टीनिकट युवाहरुको आइतवार बर्दघाटमा भएको भेलाले राष्ट्रिय युवा मोर्चा बर्दघाट नगर समिति गठन गरेको छ ।

बर्दघाटको दिब्यनगरमा भएको भेलाले दिपक राना मगरको अध्यक्षतामा २६ सदस्सीय राष्ट्रिय युवा मोर्चा बर्दघाट नगर समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा रविन कुबर मगर र पुजा सुनारी सचिवमा बिक्रम पुन मगर सहसचिवमा शान्ति राना मगर कोषाध्यक्षमा दानु तरामी मगर चयन हुनुभएको छ । भेला राष्ट्रिय जनमुक्ति पार्टीका बर्दघाट नगर अध्यक्ष तारा रानाको अध्यक्षता र जिल्ला संगठन प्रमुख सिंहबहादुर राना मगरको प्रमुख आतिथ्यतामा भएको थियो ।

मोर्चाको भेलाले पहिचान पक्षधर युवाहरुबीचमा कार्यगत एकता गर्दै अगाडि बढने समेत निर्णय गरेको बताइएकोछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!