नवलपरासीमा ट्याक्टरको ठक्करबाट एक युवक घाइते

Posted on: 03 Jul, 2017


श्याम थापा/असार १९, नवलपरासी  । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ मा टेक्टरको ठक्करबाट एक युवक घाइते भएको छ । 

रतनगन्जबाट नर्सहीतर्फ जादै गरेको लु १ त ४००१ नम्बरको टेक्टरले युपी डब्लु ०४१५ उभिएर बसेको मोटरसाइकललाई ठक्कर दिंदा सुस्ता गाउँपालिका वार्ड न ५ साबिक पक्लिहवा गा बि स वार्ड न ३ तरैनी बस्ने आईतु ख्वासको छोरा बर्ष २३ को अमीत ख्वास घाइते भएको हो । 

घाइते ख्वासको उपचार सहिद स्मृति अस्पताल चौपतामा उपचार भैरहेको र टेक्टर चालक सुस्ता गाउँपालिका वार्ड न ४ नर्सहीका जंग बाहादुर लोनिया र टेक्टर ईलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा रहेको प्रहरी नायब निरक्षक राजु लामाले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!