नवलपरासीमा एमालेले खेताला मान्छे पार्टी प्रवेश गराएको काङ्ग्रेसको आरोप

Posted on: 16 Sep, 2017

श्याम थापा/भदौ ३१, नवलपरासी । नेपाल कम्नुयिस्ट पार्टी एमाले सुस्ता गाउँपालिकाले खेतालामा मान्छेहरु लिएर पार्टी प्रवेश गराएको नेपाली कांग्रेसले आरोप लगाएको छ । 

नेकापा एमाले सुस्ता गाउँपालिकाको आयोजनामा भएको बिस्तारित भेला एवम् पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका कार्यकर्ताहरुले यस्तो कार्य गरेको नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले आरोप लगाएका छन । 

मान्छेहरुलाई विभिन्न बहाना र प्रलोभनहरु देखाई पार्टी प्रवेश कार्यक्रममा आफुलाई नेकपा एमालेको कार्यकर्ताले लगेको कार्यक्रमका सहभागी दिल माया थापाले बताइन् ।

त्यस्तै गरि दिनभरिको ज्याला दिने प्रलोभन देखाइ आफुलाई पार्टी प्रवेश कार्यक्रममा लगेको सुस्ता गाउँपालिका वार्ड न ५ बस्ने श्रीमती मुसहरले बताइन् । विभिन्न पार्टीबाट परित्याग गरेर नेकपा एमाले पार्टीमा प्रवेशकोमा नेकपा एमालेका कार्यकर्ताहरु खुशी साथै आफुहरु सुस्ता गाउँ पालिकामा बलियो भएको दाबी पनि गरिरहेका छन । 

पार्टी प्रवेश कार्यक्रममा मानिसहरूको नाम लिस्ट हेर्दा कुनै पार्टीको सक्रिय कार्यकर्ताहरु नभै साधरण भोटर अर्थात मतदाताहरु मात्र प्रवेश भएको नेपाली कांग्रेसले जनाएको छ । 

बिस्तारीत एवम् पार्टी प्रवेश कार्यक्रममा करिब ८० जना पार्टी प्रवेश गरेका छन भने सो कार्यक्रममा नेकपा एमाले नवलपरासीका जिल्ला सचिवालय सदस्य टेक नारायण उपाध्यायको अध्यक्षयतामा र क्षेत्र न ४ का माननीय सांसद बैजनाथ चौधरीको प्रमुखतिथ्यतामा भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!