जिसस नवलपरासीमा कांग्रेस र लोकतान्त्रिकको चुनावी तालमेल, प्रमुखमा को उठ्दैछ ?

Posted on: 09 Oct, 2017

असोज २३, नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासीमा नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक मिलेर चुनाव लडने भएको छ । 

असोज २७ गते हुन लागेको समन्वय समितिको निर्वाचनमा कंग्रेस र लोकतान्त्रिकको चुनावी गठबन्धन भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको पहलमा कांग्रेसलाई समितिको प्रमुख सहित ६ सदस्य र लोकतान्त्रिकलाई उपप्रमुख सहित १ सदस्य दिएर चुनावी तालमेल गरिएको नेता कण्डेलले जानकारी दिए । 


भोली २४ गते मंगलबार समन्वय समितिका लागि मनोनयन दर्ता कार्यक्रम तय भएकाले कंग्रेसका नेता कण्डेले, लोकतान्त्रिकका केन्द्रिय सदस्य अनिल गौड, जिल्ला अध्यक्ष सुबाषचन्द्र गिरी र विभिन्न तहका निर्वाचित प्रमुख र उपप्रमुखसहितको बैठकले चुनावी गठबन्धन जोडदै उम्मेदवारपनि टुंगो लगाएका छन् । परासी क्षेत्रमा रहेको ७ स्थानिय तहमा कुल १४ जना मतदाता छन जसमध्ये कांग्रेस र लोकतान्त्रिक गरि ८ जना मतदाता छन् । यि तहहरुमा कांग्रेसको ७, एमाले ५, माओबादी १, फोरम लोकतान्त्रिक १ प्रमुख एवं उपप्रमुखमा निर्वाचित भएका थिए ।

समस्य समितिको प्रमुख पदमा कांग्रेसको तर्फबाट शिव शंकर रायलाई उम्मेदवार बनाइएको छ भने उपप्रमुख पदमा लोकतान्त्रिकबाट अब्दुलरहमान चुडिहारलाई उम्मेदवार चयन गरिएको नेता कण्डेलले बताए । नेता कण्डेलका अनुसार सबै स्थानिय तहलाई समेटदै सदस्य पदमा कांग्रेसको खेमाबाट उशा बंजाडे, चन्द्रकला शर्मा, बजरंगी कोईरी, अशरफ खान, निल बहादुर गुरुंग, राजेश यादवलाई उम्मेदवार छनौट गरिएको छ भने लोकतान्त्रिकबाट सदस्यमा आशादेवी चौधरी,टिकट दिइएको बताए । 

समन्वय समितिको ९ सदस्यका लागि हुन लागेको निर्वाचनमा यसरी कांग्रेसको भागमा ७ र लोकतान्त्रिकको भागमा २ सदस्य परेको नेता कण्डेलले बताए । असोज २४ गते मंगलबार उम्मेदवारहरुको मनोनयन दर्ता हुदै छ भने २७ गते समितिको निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!