जिसस नवलपुर र परासीमा कांग्रेस विजयी

Posted on: 13 Oct, 2017

असोज २७, नवलपरासी | नवलपरासीको बर्दघाट–सुस्ता पूर्व प्रदेश नम्बर ४ अन्तर्गत नवलपुरको  जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका चेसराम आले मगर विजयी हुनुभएको छ ।

शुक्रबार भएको जिल्ला समन्वय समितिको चुनावमा नेकपा एमालेका उत्तर कुमार श्रेष्ठलाई पराजित गर्दै आलेमगर विजयी हुनुभएको हो । आलेमगरले ११ मत ल्याउनुभयो भने उहाँका प्रतिद्वन्द्धी एवं नेकपा एमालेका श्रेष्ठले ५ मत प्राप्त गर्नुभएको थियो । 

त्यस्तै उप्रमुखमा नेपाली कांग्रेसकै शारदा विक सर्वसम्मत चयन हुनुभएको छ । एमालेले प्रमुख पदको लागि मात्र उम्मेद्वारी गराएको थियो ।  

यस्तै प्रदेश नम्बर ५ अन्तर्गत बर्दघाट सुस्ता पश्चिमको  जिसस परासीमा नेपाली कांगे्रस र लोकतान्त्रिक फोरमको प्यानल विजयी भएको छ ।  प्रमुखमा नेपाली कांगे्रसका शिवशंकर प्रसाद राय बिजयी हुनु भएको छ भने उपप्रमुखमा लोकतान्त्रिक फोरमका अब्दुल रहमान चुरिहार विजयी हुनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!