बिपी पुत्र शशांक कोइराला ह्याट्रिक यात्रामा ! यस्तो छ, पछिल्लो अपडेट

Posted on: 10 Dec, 2017

मङ्सिर २४, नवलपुर | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत निरन्तर अग्रतामा रहका कांग्रेस शशांक कोइरालाले नवलपुर १ मा ह्याट्रिक गर्ने दाउमा छन् |

कुल मतदाता १ लाख १३ हजार ९४७ रहेको यस क्षेत्रमा शशांकको पक्षमा ३६ हजार ६५२ मत आईसकेको छ भने माओवादी केन्द्रका उम्मेदवार भविसोर पराजुलीले ३२ हजार ३०८ मत पाएका छन् |    

त्यस्तै तेश्रो स्थानमा विवेकशील साझा पार्टीका उम्मेदवार हरि प्रसाद गौतमले ९६२ मत पाएका छन् भने पाँचौं स्थानमा नयाँ शक्ति पार्टी नेपालका कृष्ण प्रसाद शर्मा गौतमले ७४३ मत पाएका छन् | 

शशांकबारे संक्षिप्त जानकारी 

संविधान सभाको पहिलो चुनावमा वि.स.२०६४ मा डा. शसांक कोइरालाले १७ हजार ४ सय ३० मत ल्याएर माओवादीका ठाकुरप्रसाद चापागाईलाई पराजीत गर्नुभएको थियो । त्यसबेला बेला एमाले तेस्रो स्थानमा रहेको थियो ।

०७० को चुनावमा कोइराला १८ हजार २ सय २८ मत ल्याएर एमालेका दिपक अधिकारी क्षेत्रीलाई पराजित गर्नुभएको थियो । यसपटकको चुनावमा शशांक ‘ह्याट्रिक’ गर्ने तयारीमा हुनुहुन्छ ।


तश्विरमा: बायाँतर्फ माओवादी केन्द्रमका भविसोर पराजुली, दायाँतर्फ कांग्रेस महामन्त्री शशांक कोइराला | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!