नवलपरासीमा सुशासन र सम्वृद्धिका लागि ऐतिहासिक सम्मेलन हुँदै

Posted on: 01 Feb, 2018

माघ १८, नवलपरासी | सुशासन र सम्वृद्धिका लागि ऐतिहासिक वृहत सम्मेलन आयोजना गर्न नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका स्थित वि.पि चोकमा भविसोर पराजुलीको अध्यक्षतामा भेला सम्पन्न भएको छ ।

उक्त भेलाले २०७४ फागुन १८ गते सुशासन र सम्वृद्धिका लागि वृहत सम्मेलन नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका स्थित फलफूलचोक नजिकको  मैदानमा सम्पन्न गर्न भविसोर पराजुलीको अध्यक्षतामा सम्मेलन मूल आयोजक समिति चयन गरेको छ ।

भेलाले सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रुपमा सफल पार्न विभिन्न उपसमिति गठन समेत गरेको छ । सम्मेलनमा देशभरिबाट सुशासन र सम्वृद्धिका क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तित्वहरुको सहभागिता गराई प्रधानमन्त्रीद्धारा उद्धघाटन गराउने योजना रहेको भविसोर पराजुलीले जानकारी दिए । 

पराजुलीका अनुसार सम्मेलनको दोस्रो दिन १९ बर्तमान नेपालको व्यवहारिक र वस्तुवादी विकासको मोडेल माथि व्यापक छलफल गरी त्यसलाई पत्रकार सम्मेलन मार्फत फागुन २० गते कावासोती घोषणा–पत्रको रुपमा जारी गर्ने निर्णय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!