नवलपरासीका सबै नगरपालिका बालमैत्री बनाउन अभियान तीब्र

Posted on: 15 Jan, 2017

माघ २, नवलपरासी | नवलपरासीका बाँकी छवटै नगरपालिकालाई बालमैत्री नगर बनाउन अभियान तीव्र रुपमा अघि बढाइएको छ । 

यसअघि नवलपरासीको सुनवल नगरपालिकालाई देशकै पहिलो बालमैत्री नगर घोषणा गरिसकिएको छ । अब जिल्लाको रामग्राम र कावासोती, बर्दघाट , देवचुली, गैँडाकोट र मध्यबिन्दु नगरपालिकालाई बालमैत्री नगर बनाउन विभिन्न गतिविधिमार्फत अभियानलाई अघि बढाइएको हो । 

अहिले ती नगरपालिका क्षेत्रमा बाल श्रम उन्मूलन, कुपोषणबाट शिशुलाई बचाउनेलगायतका बालमैत्री बनाउन आवश्यक सूचक पूरा गर्न काममार्फत अभियान चलाएको रामग्राम नगरपालिकाका कार्यकारी अधिकृत रोशन ज्ञवालीले बताउनुभयो । 

नवलपरासीमा रामग्राम, सुनवल, बर्दघाट, मध्यबिन्दु, कावासोती, देवचुली, गैँडाकोट गरी सात नगरपालिकाका र ५९ गाविस रहेका छन् । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!