नवलपरासी गुठिप्रसौनीका जेष्ठ नागरिकलाई सम्मान

Posted on: 16 Jan, 2017


श्याम थापा/माघ ३, नवलपरासी । नेपाली कांग्रेस क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवारले अहिलेको पुस्ताले जेष्ठ नागरिकको अनुभववाट लाभ लिनु पर्ने बताउनु भएको छ । 

जेष्ठ नागरिकहरु अनुभवको खानी भएकाले उनिहरुको हेरचाह र सम्मान गर्न आवश्यक रहेकोमा उँहाले जोड दिनुभयो । जेष्ठ नागरिक सम्मान कार्यक्रम आज गूठीप्रसौनी गाबिसको वार्ड न.७ पिपरपातीमा सम्बोधन गर्दै नेता कलवारले यस्तो बताउनु भएको हो । 

सघर्ष युवा क्लब गूठीप्रसौनी ७ पिपरपातीको आयोजनामा र गूठीप्रसौनी गाबिस कार्यालयको आर्थिक सहयोगमा भएको कार्यक्रममा १६७ जना जेष्ठ नागरिक हरुलाई दो सल्ला ओदाई सम्मान गरिएको थियोे । कार्यक्रम सघर्स युवा क्लबका सल्लाहकार सुरेश बडईको अध्यक्षता र सांसद  कलवारको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

 गाबिसको जेष्ठ नागरिक लक्षित बजेटवाट सम्मान गरिएको गाबिस सचिव घनश्याम ज्ञवालीले बताउनु भयो । सो सम्मान कार्यक्रममा क्लबका अध्यक्ष सन्तोष राजभर,कन्हैया हरिजन,छेदी कुशवाहा,सुदामा कोईरी,राम प्रसाद पाल र क्लबका सचिव हरिलाल बिश्वकर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!