आदीबासी जनजाती क्षेत्र नं ५ को सभापतिमा ईन्द्र

Posted on: 20 Feb, 2017

मोहम्मद ईजहार शेष, फागुन ९, परासी । नेपाल आदिबासी जनजाती संघ क्षेत्र नम्बर ५ को क्षेत्रिय सभापतिमा ईन्द्र बहादुर चौधरी निर्विरोध निर्वाचित हुनु भएको छ । नवलपरासीको मनरीमा आज भएको प्रथम महाधिवेषनवाट चौधरीको सभापतित्वमा १६ सदस्सीय क्षेत्रिय कार्य समिति चयन भएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का सांसद बिक्रम खनालले आसन्न स्थानीय निकायको निर्वाचनमा कांग्रेसका भातृ संग्ठनहरुको महत्वपुर्ण भुमिका रह्ने बताउनु भयो । नेता खनालको प्रमुख आतिथ्य तथा क्षेत्रिय सभापति दिनेशमणि पटेलको सभापतित्वमा भएको अधिवेषनवाट सचिवमा कृष्ण कौषल चौधरी , कोषाध्यक्षमा मिना चौधरी , सदस्यमा जानकी चौधरी सहित १६ सदस्सय क्षेत्रिय कार्य समिति चयन भएको हो ।

कार्यक्रममा महासमिति सदस्य लालबहादुर गुरुङ्ग , महाधिवेषन प्रतिनिधिहरु सुखाडि चौधरी , कमलेश चौधरी , जिल्ला सदस्य कुलदिप आचार्य , क्षेत्रिय उपसभापति बेद प्रशाद शर्मा लगायलते शुभकामना ब्यक्त गर्नु भएको महाधिवेषन प्रतिनिध सुखाडि प्रसाद चौधरीले जानकारी दिनुभयो । नेपाल आदिवासी जनजाती महासंघको जिल्ला अधिवेषन फाल्गुन ११ गते बर्दघाटमा हुदै छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!