भारतीय एसएसबिको कुटाईबाट दुई नेपाली युवा घाइते

Posted on: 20 Feb, 2017


श्याम थापा/फागुन ९, नवलपरासी । भारतीय सशस्त्र प्रहरी सिमा बल एसएसबिको कुटाईबाट दुई नेपाली युवक घाइते भएका छन । 

आफ्नो घरायसी सामान लिन भनेर बजारका लागि भारत तर्फ जादै गर्दा नवलपरासी पक्लिहवा गा बि स  ८ बलिनगर नीर को सिमामा भारतीय सशस्त्र प्रहरी सिमा बल एसएसबिका जवानले कुटपिट गरि घाइते बनाएको हो । 

घाइते हुनेहरुमा पक्लिहवा गा बि स वार्ड न ८ बस्ने बर्ष ३२ को मारकनडे कुर्मी चौधरी र सोही ठाँउमा बस्ने बर्ष २० को पवन कुमार कुर्मी चौधरी रहेका छन । भारतीय सशस्त्र प्रहरी सिमा बल  एसएसबिको कुटाईबाट मारकन्दे कुर्मी चौधरीको हात भाचीएको र अर्को पवन कुमार कुर्मी चौधरीको टाउकोमा चोट लागेको छ । 


घाइतेहरुको उपचार सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा भैरहेको घाइतेहरुको परिवारले जानकारी दिएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!