नवलपरासीमा एक भारतीयको मृत्यु

Posted on: 22 Feb, 2017

रबिन्द्र यादव/फागुन ११,नवलपरासी । नवलपरासीको कुडीया महलबारीमा मदार बाबाको दशर्न गरेर फर्किने बेलामा गर्दा एक भारतीय भक्तजनको मृत्यु भएको छ ।

मदार बाबाको मजार महलबारी देखि दुम्किबासको करिब साढे नौ किलोमिटर दुर्गम उच्च पहाडको डाडाँमा अवस्थित रहेको मदार बाबाको मजार बाट दर्शन गरि फर्किने क्रममा सोमवार बेलुकी महलबारी बाजारमा करिब ४ बजे गोरखपुरको नयाँ बजार बस्ने अन्दाजी ५४ बर्षिय सरदार जायसवालको मृत्यु भएको हो ।

मजारबाट दर्सन गरि मेला बाट फर्किने क्रममा जायसवाललाई एक्कासी रिङ्गटा लागि बेहोस भई ढलेपछि घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । महलबारी मदार मेलामा दर्शन गर्न अाउने बर्सेनि चार पाच जनाको मृत्युु कुनै न कुनै कारणले हुने गरेको स्थानीयले बताउछन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!