जिल्ला बाल सञ्जालको अध्यक्षमा प्रेम नेपाली

Posted on: 18 Apr, 2017

मोहम्मद ईजहार शेष | बैशाष ५ , परासी । जिल्ला बाल सञ्जाल नवलपरासीको अध्यक्षमा प्रेम बहादुर नेपाली चयन भएका छन् । 

सञ्जालको हिजोवाट गैडाकोटमा भएको जिल्ला बाल भेला तथा आठौं अधिवेषनवाट बर्दघाट नगर बाल सञ्जालका अध्यक्ष समेत रहेका नेपालीको अध्यक्षतामा १५ सदस्सीय जिल्ला कार्य समिति आज सर्वसम्मत रुपमा चयन भएको हो । जस्को उपाध्यक्षमा मधेसवाट अमरमणि गुप्ता , भित्री मधेसवाट सनिल गिरी  र पहाडवाट बोल बहादुर राना मगर चयन भएका छन् भने सचिवमा आस्मा अर्याल , सहसचिवमा अल्का आचार्य र कोषाध्यक्षमा अनिशा गौतम चयन भएका छन् । यस्तै सदस्यहरुमा रामाशंकर सिंह , आरती भुर्तेल , सिता न्यौपाने , पुर्ण बहादुर अस्लामी , दुर्गा बिक , छबि थापा मगर र निकिता पाठक चयन भएका छन् । 

बाल सञ्जालकी निबर्तमान जिल्ला अध्यक्ष विपना शर्माको अध्यक्षता तथा स्थानीय बिकास अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्यमा हिजो बाल भेलाको उद्घाटन गरीएको थियो । दुई दिने बाल भेलामा जिल्ला बाल कल्याण समिति नवलपरासीका सदस्य एंव नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु लामिक्षाने , जिल्ला बाल सञ्जालका संस्थापक सचिव एंव नेपाल प्रेस युनियनका केन्द्रिय सचिव केबि राना , जिल्ला समन्वय समिति नवलरासीका बालमैत्री फोकल पर्सन पुष्कर काफ्ले , महिला तथा बालबालिका कार्यालय नवलपरासीकी प्रमुख उर्वरा लुईटेल , बाल अधिकार कर्मि दिपक शर्मा , मिना पौडेल लगायतले बाल अधिकार बारे सहजीकरण गर्नु भएको थियो । बालभेलामा सहभागि प्रतिनिधिहरुले आसन्न स्थानीय तहको चुनावमा बालबालिका प्रयोग नगर्ने र नगराउने प्रतिबद्धता समेत जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!