नवलपरासीका २१ साविक गाविस औलोको जोखिममा

Posted on: 25 Apr, 2017

बैशाख १२, परासी । विश्व औंलो (मलेरिया) दिवस २०१७ नवलपरासीमा संचारकर्मीहरुसंग अन्तरकृया कार्यक्रम गरि मनाइएको छ । सदाका लागि औंलो अन्तय गरौँ भन्ने मुल नाकाराका साथ नेपाललाई सन् २०२६ सालसम्ममा औलोमुक्त देश बनाउने उद्देश्यले जिल्ला स्वास्थय कार्यालयको आयोजनामा आज जिल्लामा पनि संचारकर्मीसंग अन्तरकृया गरि औलो दिवस मनाइएको हो ।

नवलपरासीको २१ वटा साबिका गाविसहरु औलोको जोखिममा पर्दछन् ।  हाल जिल्लामा ४ जना मात्र औलोका विरामी छन् । औलो जोखिमका २१ गाविस मध्ये सुनवल नगरपालिका र तमसरिया गाविस औलोको उच्च जोखिममा पर्ने गरेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।

औंलो (मलेरिया) एनोफिलिज जातको पोथी लामखुट्टटेको टोकाईबाट हुने एक प्रकारको सरुवा रोग हो । यो पोथी लामखुट्टे खासगरि रातीको ८ बजेदेखि विहानको ३ बजेसम्म टोक्ने गरेको अनुसन्धानले देखाएको छ । औलो रोगबाट संक्रमित व्यक्तिलाई ज्वरो आउनु, वान्ता हुनु, टाउको दुख्नु, पसिना छुटनु, पेट दुख्नु र खान मन नलाग्नु लगायतका यसका मुख्य लक्षणहरु रहेको कार्यालयले जनाएको छ ।

औलो रोग लागि व्यक्तिको रगत परिक्षण देखि लिएर उपचार सम्म जिल्ल्को हरेक सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा निशुल्क हुने गरेको कार्यालयले जनाएको छ । औलोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्न, नियमित झुल लगाएकार सुत्न र आफनो घरवरपर सरसफाईमा ध्यान दिन मुख्य उपाय रहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!