नवलपरासीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

Posted on: 15 Jun, 2017

असार १, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बेल्डियामा ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ । 

नवलपरासीको गैँडाकोट बेल्डियामा बुधबार साँझ ट्रकको ठक्करबाट पैदलयात्री गैँडाकोट–१३ सिख्रौलीकी ४५ वर्षीया तुलसी पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पूर्वबाट पश्चिमका लागि छुटेका ना ५ ख २२११ नंको मालवाहक ट्रकले ठक्कर दिँदा पोखरेलको घटनास्थलमा नै मृत्यु भएको थियो । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!