नवलपरासीमा मदिरा विक्री वितरणमा रोक लगाइयो

Posted on: 26 Jun, 2017

सरु शर्मा/असार १२, नवलपरासी । दोस्रो चरणको स्थानीय निर्वाचनलाई लक्षित गर्दै नवलपरासीको परासी क्षेत्रमा मदिरा विक्री वितरणमा रोक लगाईएको छ ।

आगामी असार १४ गते सम्पन्न हुन गईरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई व्यवस्थित,  मर्या्दित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नको लागि नवलपरासी जिल्लाको प्रदेश नं. ५ अन्तर्गतका क्षेत्रहरुमा आईतबार साँझ देखि निर्वाचन सम्पन्न नभए सम्मको लागि स्थानीय प्रशासन ऐन,  २०२८ बमोजिम मादक पदार्थ विक्री वितरण गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले एक सूचना प्रकाशन गरि सो जानकारी गराएको हो । यो अवधिमा कोही कसैले सो सूचनाको उल्लंघन गरी मादक पदार्थ विक्री वितरण गरे गराएको पाइएमा सोही ऐन बमोजिम कडा कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!