नवलपरासीमा कलेजको बस ट्रकको पछाडी ठोक्कियो, २२ जना घाईते (नामावालीसहित)

Posted on: 26 Jul, 2017


साउन ११, नवलपरासी । नवलपरासीको गैँडाकोट विजय चोकमा अक्सफोर्ड कलेज गैँडाकोटको बस दुर्घटनामा परेको छ । 

बिद्यार्थी लिएर हिडेको बस सापकोटा साईकल पसल अगाडी ट्रकसंग ठोकिएको हो । घटनामा २२ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । घाईतेमध्ये ४ जनाको अवस्था मध्यम छ भने अन्य बिद्यार्थी सामान्य घाईते रहेका छन् । 

पुर्वबाट पश्चिमका लागी छुटेको ना १ क ३८०६ बस सोहि दिशामा नै गुडिरहेको ना ५ क ५००३ नंको ट्रकसंग ठोकिएको हो । अगाडीपट्टी रहेको ट्रकले एक्कासी ब्रेक लगाउँदा पछाडीबाट गैरहेको बस ट्रकमा ठोकिएको बताइएको छ । घाईते बिद्यार्थीलाई उपचारका लागी भरतपुर लगीएको छ । चालक टेकबहादुर महतोसहित ३ जना बिद्यार्थीको अवस्था मध्यम रहेको बताइएको छ ।

घाईतेहरुको विवरण

१) अनील पुरी – बर्ष १९ – दाहिने हात र नाकमा चोट – अवस्था मध्यम

२) विवेचना भण्डारी – बर्ष २० – मुखमा चोट – अवस्था मध्यम

३) मन्दिप कोईराला – टाउकोमा चोट – अवस्था मध्यम

४) सुस्मिता चौधरी – निधारमा चोट – अवस्था सामान्य

४) सविना क्षेत्री – दाहिने खुट्टा – अवस्था सामान्य

५) आशिष पौडेल – बर्ष १६ – अवस्था सामान्य

६) नविन सापकोटा – बर्ष १८ – हातमा चोट – सामान्य

७) अस्मिता पौडेल – बर्ष २० – हातमा चोट – अवस्था सामान्य

८) पुजा बस्नेत – खुट्टामा चोट – अवस्था सामान्य

९) दिपक चापागाई – बर्ष २० – मुखमा चोट – अवस्था सामान्य

१०) सविना खनाल – बर्ष १८ – अवस्था सामान्य

११) बिजय अर्याल – बर्ष २१ – अवस्था सामान्य

१२) महेश पन्त – बर्ष १७ – अवस्था सामान्य

१३) अनिल सुनार – बर्ष १७ – अवस्था सामान्य

१४) अस्मिता गुंरुंग – बर्ष १७ – अवस्था सामान्य

१५) विनोद गौतम – बर्ष २० – अवस्था सामान्य

१६) प्रकृती महतो – बर्ष २० – अवस्था सामान्य

१७) बिजयराज वन – बर्ष २० – अवस्था सामान्य

१८) एलिना ढकाल – बर्ष २० – अवस्था सामान्य

१९) भावना खनाल – बर्ष २२ – अवस्था सामान्य

२०) अनु न्यौपाने – बर्ष १९ – अवस्था सामान्य

२१) अरुण क्षेत्री – बर्ष २० – अवस्था सामान्य

चालक

२२) टेक बहादुर महत्तो – बर्ष ५० – ढाड र खुट्टामा चोट – अवस्था मध्यम

यस बिषयमा तपाइको प्रतिक्रिया...!