कतारमा नवलपरासीका एक युवकको मृत्यु भएपछि गाउँ शोकमा डुब्यो

Posted on: 08 Oct, 2017

मो. ईजहार शेष/असोज २२, नवलपरासी । बैदेशिक रोजगारीको लागि कतार गएका नवलपरासीको एक युवकको ज्यान गएको छ । 

सरावल गाउँपालिका–४ बडसारका प्रहलाद केवटका ३६ वर्षिय छोरा नरसिहं केवटको मृत्यु भएको हो । कतारको क्यालिबर ट्रेडिङ्ग एण्ड कन्ट्राक्टीङ्ग कम्पनीमा पलास्टर वर्करको रुपमा कार्यरत रहेका नरसिंह काबेली ह्युमन सिसोर्स प्रालीबाट वि.सं. २०७३ जेष्ठ २१ गते कतार गएका थिए । उनको मृत्यु गत असोज १५ गते आईतबार भएको हो । 

सरावल गाउँपालिका–४ बडसारका अन्य युवाहरुको सहयोगमा त्यँहा स्थित नेपाली दुताबाश र कम्पनीसँग समन्वय गरेर शब नेपाल ल्याउने प्रक्रिया चलिरहेका कतारमा रहेका मृतक केवटका साथीहरुले बताएका छन् । यद्यपी मृत्युको कारण भने अझै यकिन हुन नसकेको बताईएको छ । नरसिंह यसअघि पनि रोजगारीकै  लागि मलेसिया गएका थिए । 

नेपालबाट स्वास्थ्य परिक्षणमा सफल भएर मलेसिया गएका नरसिंह त्यँहा स्वास्थ्य परिक्षणमा फेल भएपछि १५ दिन भित्रै नेपाल फिर्ता आएका थिए । मलेसियाबाट फिर्ता आएपछि उनको दुईलाख भन्दा बढि ऋण भएको थियो । 


छ महिनापछि अझै ऋण थपेर उनि कतार गएका थिए । अहिले सात लाखभन्दा बढि ऋणमा डुबेको पारिवारिक स्रोतले जनाएको छ । तर कतारको चर्काे घाममा कन्सट्रक्सन काममा पनि कडा मेहनत गरेर राम्रो कमाई नभएको र ऋण दिनप्रति दिन बढ्दै गएपछि नरसिंह केही दिनबाट तनाबमा हुने गरेको उनका साथीहरुको भनाई छ ।  

नरसिंहको दुईवटा छोरा र एउटा छोरी रहेका छन् । नरसिंहको राहदानी नम्बर ८३३९४६७ रहेको छ । मृत्युको खबर आएको एक हप्ता भएपनि शब अझै आई नसकेकाले परिवारसहित गाउँनै शोकमा डुबेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!