नवलपरासीमा ट्याक्टर पल्टिँदा दुईजना गम्भीर घाइते

Posted on: 16 Dec, 2017

श्याम थापा/पुस १, नवलपरासी । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका स्थित श्रीरामपुर नजिक रहेको भारतीय गण्डक पश्चिमी नहरमा ट्याक्टर पल्टिँदा दुई जना गम्भीर घाइते भएका छ्न । 

झुलनिपुर देखी धरमौली तर्फ जादै गरेको लु १ त ७१८३ नम्बरको ट्याक्टर अनियंत्रित भै भारतीय पश्चिम गण्डक नहरमा पल्टिँएको हो । ट्याक्टर पल्टेर चालक सहित एक जना गरि दुई जना  गम्भीर घाइते भएका हुन । 


घाइते हुनेमा प्रतापपुर गाउँपालिका वार्ड न ५ धरमौलि मटरा बस्ने बर्ष ५० को एवम् ट्याक्टर चालक हरिचन्द्र यादव र सोही प्रतापपुर गाउँपालिका वार्ड न ५ धरमौली मटरा बस्ने अन्दाजी बर्ष ५० को केशरी भेडिहार रहेका छन । 

दुबै घाइते लाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा पठाइएको सशस्त्र प्रहरी सिमा आउट पोष्ट गुठी परसौनीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!