विवाहका दिन बेपत्ता भएका बेहुला बारे नयाँ तथ्य सार्वजनिक

Posted on: 16 Feb, 2018

फागुन ४, नवलपरासी | विवाहकै दिन बेपत्ता भएका बेहुला बारे जिल्ला प्रहरी कार्यालय नवलपुरले नयाँ तत्थ्य सार्वजनिक गरेको छ ।

गत माघ २२ गते रातिदेखि बेपत्ता भएका २९ बर्षीय बालकृष्ण खरेल एकाएक बेपत्ता भएका थिए । प्रहरीले अनुसान्धान गर्दै जाँदा अपहरणमा परेको आशंका गरिएका बेहुला बालकृष्ण खरेल आफूखुशी घर छाडेर भागेको पत्ता लागेको छ ।

प्रहरीले बालकृष्णको मोबाइलको लोकेसनको आधारमा खोजी गर्दा भारतमा  देखिएको र त्यही लोकेसनको आधारमा उनका बारेमा अन्य तथ्यहरु पत्ता लागेको जनाएको छ । बालकृष्णले संचालन गरेको फेसबुकको आधारमा भारतमा रहेको देखिएपछि भारतीय प्रहरीको सहायतामा अनुसन्धान थालिएको थियो । त्यसै क्रममा बालकृष्ण सुन्दर गेष्ट हाउस गोरखपुरमा गई माघ ७ गतेदेखि माघ २७ गतेसम्म एक्लै बसेको होटलको रजिष्टर रेकर्डमा देखिएको  छ । होटलमा राखिएको परिचयपत्रको फोटोकपी, होटलवाला र कामदारको भनाई र सिसिटिभी फुटेजको आधारमा समेत उनी त्यहाँ बसेको प्रमाणित भएको छ । होटलमा बालकृष्ण एक्लै बसेकाले उनि अपहरणमा नपरेको स्पष्ट भएको छ ।

अर्को कुरा बालकृष्णले आफूले विवाह गर्न लागेकी युवतीलाई समेत फेसबुकमार्फत म्यासेज पठाएपछि उनी अपहरणमा पुष्टि भएको छ । बालकृष्णले म्यासेजमा ‘सायद गडको चाहना नै यही थियो कि म तिम्रो लायक थिइन, सो आई कान्ट से सरी, बट आई एम रिएली सरी, म तिम्रो लागि सरी भन्न त सक्छु, माफीको लायक छैन’ भनेर लेखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!