नवलपरासीमा भयानक दुर्घटना: ३० घाईते, ३ जनाको अवस्था गम्भीर

Posted on: 23 Feb, 2018

फागुन ११, नवलपरासी। नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टामा आज सवारी दुर्घटना हुदाँ ३० जना घाईते भएका छन् भने ३ जनाको अवस्था गम्भिर रहेको छ । 


काठमाडौबाट फर्किदै गरेको लु २ ख १६०५ नम्बरको बसको पाङ्ग्रा (टायर) पड्केर बिपरित दिशाबाट आउदै यु पी ८३ एटि ३९६६ नम्बरको भारती ट्रमा ठोकिएपछि सो दुर्घटना भएको हो  ।

दुर्घटनामा गम्भिर घाईतेहरुको उपचार लुम्बिनि अञ्चल अस्पताल बुटवल र जेनस हस्पिटलमा भईहरेको छ भने समान्य घाईतेहरुलाई भुमहिको सामुदायिक अस्पतामा उपचार भईरहेको सुनवल ईलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा अझै घाईते हुन सक्ने अनुमान गरीएको छ भने दुर्घटनामा परेको दुबै सवारीसाधनहरु प्रहरीको नियन्त्रणमा रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!