स्थानिय विकास अधिकारीले दुर्व्यवहार गरेको भन्दै ज्ञापनपत्र पेश

Posted on: 23 Apr, 2018

कमला राना | बैशाख १०, नवलपरासी | थारु कल्याण कारिणी सभा नवलपरासीले हिजो प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरणको विषयमा गरेको छलफलमा स्थानीय विकास अधिकारी विजयराज पौडेलले थारु कल्याणकारिणी सभा नवलपरासीका सभापति गणेशमान महतोलाई द्रूव्यवहार गरेको भन्दै आज प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरेको छ ।

अबको दिनमा यस्तो घटना नदोहोर्याउन सचेत गराउंदै र स्थानीय विकास अधिकारी पौडेलले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग गर्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद मरासिनीलाई आज ज्ञापन पत्र बुझाएको हो ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय कावासोती अगाडि ज्ञापन पत्र बुझाएपछि कोण सभा समेत गरेका थिए ।

ज्ञापन पत्र बुझनुहुदै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासीनिले जिम्मेवार तहमा बसेको व्यतिmबाट यस्तो कार्य भएकोमा दु:ख व्यक्त गर्नुहुदै यस बारेमा जिल्ला समन्वय समीतिका प्रमुख चेसराम आले संग छलफल गर्ने बताउनुभयो ।

यसैगरी नवलपुर क्षेत्रमा बाहुल्यता रहेको थारु समुदायको मागलाइ सम्बोधन गर्ने साथै नवलपरासी बर्दघाट सुस्ता पुर्वमा रहेको हरेक सरकारी निकायका कार्यक्रमहरुमा थारु समुदायलाइ सहभागि गराउन आफु मातहतका निकायलाइ निर्देशन दिने समेत प्रमुख जिल्ला अधिकारी मरासीनिले प्रतिवद्धता जनाउनुभयो ।

यता स्थानीय विकास अधिकारी विजय पौडेलले भने आफूले नियतवश अपमान गर्ने ढंगले व्यवहार नगरेको र आफूले सबैलाई छोट्याउन आग्रह गर्ने क्रममा पनि उहांको माइक लिएर छोट्याउन आग्रह गरेर पुन माइक दिएको बताउनुभयो ।

उहांले आफूले सबैजातजातिलाई समान व्यवहार गर्ने भएकोले नियतबश त्यस्तो नगरेको बताउनुभयो ।

यही बैशाख ९ गते हीजो आइतबार कावासोतिमा प्रदेश नम्बर ४ को राजधानि बनाउने स्थान र नामांकरण सुझाव संकलनको क्रममा सो विवाद भएको थियो ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!