रोकि राखिएको दुई ट्रकमा आगलागी

Posted on: 14 Aug, 2018

साउन २९, नवलपरासी | पूर्वी नवलपरासीको गैँडाकोटमा रोकि राखिएको दुई ट्रकमा आज आगलागी भएको छ । 

भृकुटीचोकमा रोकिराखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नं का ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ । 

आगो किन र कसले लगाएको हो भन्नेबारे केही खुलेको छैन । आगलागीबाट ट्रकमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । कपिलवस्तुको चन्द्रौटाबाट पराल बोकेर हेटौँडातर्फ जाने क्रममा गैँडाकोटमा रोकिराखिएको अवस्थामा ती ट्रकमा आगो लागेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!