सुस्तामा बालबिवाह तथा महिला हिंसा मुक्त गर्ने अध्यक्ष पाण्डे

Posted on: 21 Aug, 2018

श्याम थापा | भदौ ५, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले सुस्ता गाउँपालिकामा बालबिवाह तथा महिला हिंसा मुक्त गर्ने बताउनुभयो ।

मनकामना किशोरी समूह र शान्ति किशोरी समुह बलिनगर नवलपरासीको आयोजनामा र ए बि सि नेपालको सहयोगमा सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको बलिनगरमा भएको बालविवाह तथा महिला हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष राम प्रसाद पाण्डे यस्तो बताउनु भएको हो ।


अध्यक्ष पाण्डेले सुस्ता गाउँपालिकामा बालविवाह तथा महिला हिंसा न्यूनीकरण गर्नका लागि आफुले विभिन्न योजनाहरु बनाएको र सो योजना अनुसार कदम पनि चालिरहेको उहाले बताउनु भयो । 

साथै अध्यक्ष पाण्डेले बालविवाह तथा महिला हिंसा अन्त्य गर्नको लागि घर बाटै परिवर्तनको थालनी गर्नु पर्ने सम्पुर्ण सुस्ताबासीलाई पनि आग्रह गर्नु भयो । 

सो कार्यक्रममा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनी,प्रहरी चौकी रामनगरका इन्चार्ज लिल बाहादुर बि क ,पत्रकार श्याम थापा,उज्ज्वल संवाद केन्द्र बलिनगरका अध्यक्ष सन्दीप कुर्मी र स्वास्थ चौकी पक्लिहवाका इन्चार्ज राजकिशोर मण्डल लगायतका  बक्ताहरुले बालविवाह तथा महिला हिंसा न्यूनीकरणका लागि आफुहरुले आ आफ्नो ठाउँ बाटै कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!