नवलपरासीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते

Posted on: 15 Sep, 2018

भदौ ३०, नवलपरासी | बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका-३ रामखण्ड पुल नजिकै गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्रक चालक मकवानपुर हेटौंडाका-२७ वर्षीय कुमार प्रजा र सवारी धनी १९ वर्षीय आशिष पौडेल रहेका छन्। प्रहरीले उद्धार गरी दुवैलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

ट्रक दुर्घटनामा घाइते भएका सहचालक १६ वर्षीय दीपेश कटुवालको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ। राति पौने ९ बजे भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ७८९७ नम्बरको ट्रक सडकबाट अन्दाजी १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!