बिदामा पनि नवलपुर जिल्ला अदालतको सेवा जारी

Posted on: 13 Oct, 2018

पुरुषोत्तम सुवेदी/रासस | असोज २७, नवलपरासी । पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दशैँ बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने जनाएको छ । जनतालाई बिदाको बेला बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र आवश्यक अन्य कर्मचारीको व्यवस्था गरिएको अदालतले जनाएको छ ।

आगामी कात्तिक ७ गतेसम्म अदालत बन्द रहने भएकाले विजयादशमी र शनिबारबाहेक अन्य दिन दैनिक ११ बजेदेखि ३ बजेसम्म बन्दी प्रत्यक्षीकरण रिट निवेदन उपर सुनुवाइ गरिने भएको छ ।

यस्तै सो दशैँ बिदा अवधिमा मुलुकी फौजदारी संहिताले गरेको नयाँ व्यवस्थाअनुसार अभियुक्तलाई पक्राउ पुर्जी जारी गर्न अनुमति प्रदान गर्ने कार्यसमेत गरिने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!