नवलपरासीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु

Posted on: 15 Oct, 2018

असोज २९, कावासोती | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ । 

भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नं को ट्रकले बिग्रिएर रोकी राखेको ना १ ख १४१ नं को ट्रकलाई ठक्कर दिँदा मर्मत गर्दै गरेका सहचालक नवलपरासी गैँडाकोट ढोडेनीका २० वर्षीय धनबहादुर मगर गम्भीर घाइते भएपछि भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

उक्त दुर्घटनामा परेका ट्रक चालक ढोडेनीका २७ वर्र्षीय वसन्त भुजेलको सोही अस्पतालमा उपचार भइरहेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!