नवलपरासीमा युवाहरुबीच झडप हुँदा एकको मृत्यु, ६ जना पक्राउ

Posted on: 02 Nov, 2018

कात्तिक १६, कावासोती | नवलपरासीमा आपसी विवादका कारण कुटपिट हुँदा एकजना युवकको मृत्यु भएको छ। पूर्वी नवलपरासीको कावासोती नगरपालिकास्थित डण्डाबजारमा रहेको मामा भाञ्जा होटलमा बिहीबार राति झगडा हुँदा २३ वर्षीय विष्नु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए। 

राति करिब १ बजेतिर थापासहित केही युवाहरु मदिरा सेवन गरेर बसेका थिए । झगडा हुन थालेपछि होटल सञ्चालकले थापासहित अन्य युवालाई बाहिर निकालेका थिए। मदिरा खाएर मातेका युवाले सडक छेउ पुग्दासम्म थापालाई निर्घात कुटपिट गरेकाले मृत्यु भएको अधिकारीले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बोत्तल र मुक्का प्रहारबाट थापाको मृत्यु भएको देखिएको छ।

मध्यविन्दु नगरपालिका-७ अम्रसा गाउँका थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार मृत्यु भएको हो। पूर्वी रिसिबीसमेत नभएकाले के कति कारणले झगडा भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाको अनुन्धान गर्न होटल सञ्चालकसहित संलग्न ६ जना युवालाई पक्राउ गरिएको निरीक्षक अधिकारीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!