भ्रष्टाचारका ३९ मुद्दा दर्ता

Posted on: 14 Nov, 2018

कात्तिक २८, कावासोती | नवलपरासी पूर्व नवलपुरमा चार महीनाको अवधिमा ३९ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् । 

चालू आर्थिक वर्षको चार महीनामा सो सङ्ख्यामा मुद्दा दर्ता भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थले जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता भएका मुद्दामध्ये शिक्षा क्षेत्रका १९ मुद्दा रहेका छन् । खास गरेर विद्यालयको भवन निर्माण गुणस्तहीन बनाइएका, कर्मचारी भर्नामा अनियमितता, छात्रवृत्ति रकम दुरुपयोग, पाठ्यपुस्तकको रकम दुरुपयोगजस्ता उजुरी रहेका कार्यालय प्रमुख पन्थले बताउनुभयो । 

यसैगरी नगरपालिका र गाउँपालिकामा निर्माण क्षेत्रमा अनियमितता, उपभोक्ता समितिमार्फत भएका काम गुणस्तरहीन, वडाध्यक्षले वडाका काम आफुखुशी आफ्नै साधन प्रयोग गरी गर्ने गरेकालगायतका ११ मुद्दा दायर भएका छन् । 

नवलपुर क्षेत्रबाट वनसँग सम्बन्धित तीन, जलस्रोत तथा सिँचाइका दुई, भूमि, भौतिक पूर्वाधार, गृह र शहरी विकाससम्बन्धी एक÷एक मुद्दा दायर गरिएका छन् । दर्ता भएका मध्ये १६ मुद्दा फछ्र्योट भएका र २४ मुद्दा अनुसन्धानका क्रममा रहेका बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!